स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी
काठमाडाैं | साउन १२, २०८१
काठमाडौँ: गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।
गत आवमा स्मार्टफोन आयातमा मात्र रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो ।
यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयात सरकारले रु पाँच अर्ब ३३ करोड ९४ लाख बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्याङ्कबाट देखिन्छ ।
गत आवमा रु एक अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार छ सय ९० सेट टेलिफोन आयात भएका छन् ।
त्यस्तै, हेडफोन आयातमा मात्र रु ६५ करोड ९३ लाख २८ हजार विदेशिएको छ । एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले रु २१ करोड नौ लाख २३ हजार भन्सार राजस्व सङ्कलन गरेको छ ।
गत आवमा मोबाइल रु ५० करोड ७१ लाख ६३ हजार बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ ।
चार्जर आयातबाट मात्र रु १५ करोड ५७ लाख १० हजार राजस्व सङ्कलन भएको छ । गत आवमा रु ३५ करोड ५१ लाख ४८ हजार बराबरको दुई लाख ३९ हजार छ सय ६९ वटा स्मार्टवाच आयात भएको छ ।
काठमाडौँ: नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ । सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

